असोज ११,
काठमाण्डौं । अफगानिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि कडा सुरक्षा व्यवस्थाबीच मतदान गर्ने क्रम जारी छ। तालिबान विद्रोहीहरूले मतदान केन्द्रलाई लक्षित गरी आक्रमण गर्ने धम्की दिएका कारण हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको बताइएको छ । अमेरिका र तालिबान विद्रोही समूहबीच केही समय देखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि दुई पटक सारिएको उक्त निर्वाचन आयोजना गरिएको हो ।
सन् २००१ मा अमेरिकाले तालेबानको सत्ताच्यूत गरे पछिको यो चौथो निर्वाचन हो र निर्वाचित हुने उम्मेदवारले देशको इतिहासमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ। तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन। अमेरिकासँग सहमति भएपछि मात्रै सरकारसँग वार्ता गर्ने तालिबान विद्रोही समूहले बताएको छ।- एजेन्सी
प्रतिक्रिया