असोज ११,
ग्लोबल आवाज
गुल्मी । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन गर्ने कुराले प्रधानमन्त्रीले दोधारमा पारेको बताए । शनिवार आज विहान गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमा नेता राइले पहिचान सहितको संघियता लगाएतका विषयहरु संविधानमा संशोधन गरेर पूरा गरिनुपर्छ भनेर प्रधानमन्त्री ओलीज्यूसँग लिखित सहमति गरेर सरकारमा गएको बताए ।
उनले भने–‘हामीसँग संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता जनाउनु भएका प्रधानमन्त्री ओलीले सांसदमा भने,संविधान संशोधन गर्ने कुरा सधै गित गाइरहने कुरा होइन भनेर भन्दा हामीलाई दोधारमा पार्नु भएको छ ।’ नेता राईले प्रधानमन्त्री ओलीले संविधान संशोधनको गीत गाइरहने कुरा होइन भनेपनि आफूहरुले सडक र सदनसम्म संविधान संशोधनको गीत गाइ नै रहने बताए । उनले गीत कहिलेसम्म गाइरहने भन्ने कुरा सरकारको ब्यवहारले देखाउने बताए ।
उनले सरकारका गलत कार्यको विरोध गर्न आफूूहरुलाई कुनै नैतिक संकट नभएको स्पष्ट पारे । ‘हामी सरकारमा परिस्थितिवस गएका हौं, संविधान दिवसको अवसरमा हामीले अरुले जस्तो संविधान जलाएर विरोध गरेनौं , मौन विरोध मात्रै गरेका हौं ।’ उनले भने, फेरी पनि हामी निकै अफ्ठ्यारोमा छौं ।’ धर्म संकट मै परेको हो ? भनेर सञ्चारकर्मीले प्रश्न गर्दा जोडले हाँस्दै नेतालाई राइले भने–‘ हो हामी धर्म संकट मै परेका हौं , हेडलाइन नै बनाउनुस् । ’
प्रतिक्रिया