ताजा अपडेट »

भाइटीकाको साइत २० कात्तिक शनिबार ११ः०२ बजे

सोमबार, १५ कार्तिक २०७८

काठमाण्डौं । यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो । 

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने ।  बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो ।