माघ १४,
काठमाडौं । नेपाल एक दिवसीय सिरिज आफ्नो पोल्टामा पार्न सफल भएको छ । यूएईमा जारी एक दिवसीय खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपालले सिरिज जितेको हो । सोमबार भएको तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएसँगै तीन म्याचको सिरिज २-१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ ।
नेपालको जितका लागि कप्तान पारस खड्काले शतकीय पारी खेले । टस जितेर व्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो । २ सय ५५ रनको लक्ष्य पाएको नेपालले ४४ दशमलब ४ ओभरमा ६ विकेटकाे क्षतिमा लक्ष्य भेट्टाएकाे हाे ।
सतक प्रहार गर्ने क्रममा कप्तान पारस खड्काले ९६ बलमा १३ चौका र १ छक्का हानेका थिए । पारख खड्काले १०९ बलमा सर्वाधिक ११५ रन बनाएर आउट भए । उनी एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । खड्काले यसअघि एकदिवसीय नेदरल्याण्डविरुद्ध अर्धसतक प्रहार गरेका थिए ।
त्यस्तै ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१ रन बनाउँदैं आउट भए । त्यस्तै विनोद भण्डारी १७ बलमा ९ रन बनाउँदैं क्याच आउँट भए । दिपेन्द्र सिंह ऐरी १५ बलमा ६ रन, सन्दीप जोरा २० बलमा १९ रन, रोहितकुमार पौडेल २४ बलमा १६ रन बनाउँदैं आउँट भए । नेपाललाई जित दिलाउने क्रममा सोमपाल कामी र आरिफ शेखले अविजित ४७ रनको साझेदारी गरे ।
रोहित दोस्रो ओडिआईमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए । यसअघि शनिवार भएको दोस्रो खेलमा नेपाल १४५ रनले विजयी भएको थियो ।
निर्धारित ५० ओभर ब्याटिङ गरेको नेपालले २ सय ४२ रनको विशाल लक्ष्य यूएईसामू प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा १९ ओभर ३ बलमा ९७ रन बनाउँदैै अल आउट भए ।
शुक्रबार भएको पहिलो ओडिआईमा नेपाल पराजित भएको थियो । उक्त खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दुबईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
प्रतिक्रिया