ताजा अपडेट »

शेयर बजार : नेप्सेमा निरन्तर गिरावट

विहीबार, ०९ असोज २०७६

असोज ९,

काठमाडौं । आज बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । बिहीबार नेप्से १.७३ अंकले घटेर ११२९.८० बिन्दूमा झरेको छ । कुल १६८ वटा कम्पनीको ७ लाख ९९ हजारभन्दा बढी कित्ता शेयर २१ करोड २५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमा होटल, जलविद्युत् जीवन बीमा र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह घटेका छन् ।  यस दिन माछाच्छ्रेमा बैंकको कारोबार सबैभन्दा बढी भएको छ । यस बैंकको शेयर १ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

बिहीबार पनि सिनर्जीे पावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । त्यस्तै  जोशी हाइड्रोपावर बैंकका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।