ताजा अपडेट »

दिनदहाँडै ६ लाख रुपैयाँ लुटियो

विहीबार, ०९ असोज २०७६

असोज ९,
बुटवल । रुपन्देहीमा एक जना व्यक्ति लुटिएका छन् । रुपन्देहीको लुम्बिनी रोड स्थीत रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ दुई जनाको समुहमा आएका लुटेराले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा स्थीत कार्यालयबाट लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाईकलमा जांदै गरेका त्रिपाठीलाई हेलमेटले टाउकोमा हानी रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

‘रकम लुटिएको भन्ने जानकारी आएको छ विस्तृत विवरण आईपुगेको छैन, प्रहरी टोली घटनास्थल तर्फ जांदै छ ।’ उनले भने । यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षिय महेन्द्र कुर्मीको गोली प्रहार गरी ५ लाख रुपैया लुटिएको थियो । भैरहवास्थिती हिमालयन बैंकबाट रकम निकालेर श्रीमती र बच्चा सहित लु ९ प ८२३५ नम्बरको मोटरसाईकलमा जांदै गरेका कुर्मीलाई रोहिणी गाउंपालिका वडा नं. ३ स्थित रोहिणी खोला नजिकै गोली प्रहार गरिएको थियो । गोलीप्रहारबाट उनको घटनास्थलमै ज्यान गएको थियो । यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मीको गोली प्रहार गरी ५ लाख रुपैयाँ लुटिएको थियो ।