ताजा अपडेट »

चम्ल्याहा शिशु जन्माएकी सीतालाई सिद्वार्थनगर सुनचाँदी व्यवसायी संघद्वारा आर्थिक सहयोग

आइतबार, १४ कार्तिक २०७८

बुटवल । सिद्वार्थनगर सुनचाँदी व्यवसायी संघले चम्ल्याहा शिशु जन्माएकी सीता सार्कीलाई आर्थिक सहयोग गरेको छ ।संघका अध्यक्ष प्रकाशमणि विश्वकर्मा, उपाध्यक्ष सतिश कुमार कौशल, सचिव किस्मत बि.क. र सदस्य धुर्ब लामगाद्वे गाएतको टोलीले आइतबार विहान अस्पतालमा नै गएर सीताका श्रीमान सन्तोष सार्कीलाई २० हजार नगद प्रदान गरेको हो ।

सीताको आर्थिक अवस्था कमजोर भएकाले बच्चाको स्यार सुसारका लागि केही सहयोग पुगेस भनेर सहयोग गरेको अध्यक्ष विश्वकमाले बताए।पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीकी २४ वर्षीय सीताले कार्तिक ९ गते दिउँसो युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा ४ छोरीलाई जन्म दिएकी थिइन् ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो । पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । सबै शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।