ताजा अपडेट »

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन : आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिँदै बार

आइतबार, १४ कार्तिक २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ ।

बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो ।  आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेकाे छ ।

बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।