रोम । चिकित्सकहरूले बेलायतकी ९५ वर्षीय महारानीलाई कम्तीमा पनि दुई साता आराम गर्न चिकित्सकले सल्लाह दिएको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि प्रधानमन्त्री बोरिस जोनसनले शनिबार ‘महारानीको स्वास्थ्य अवस्था एकदमै राम्रो’ भएको शनिबार बताएका छन् ।
“मैले महामहिमसँग कुरा गरें र उहाँ एकदमै राम्रो अवस्थामा हुनुहुन्छ,” प्रधानमन्त्री जोन्सनले रोमस्थित बेलायती टेलीभिजन च्यानल ४ सँग सप्ताहन्तमा जी–२० शिखर सम्मेलनका क्रममा भने । “उहाँलाई चिकित्सकको सल्लाह पालन गरेर आराम गर्न भनिएको छ मलाई लाग्छ यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । मेरो विचारमा सारा देशले उहाँलाई शुभकामना दिनेछ ।”
‘बकिङहम प्यालेसले शुक्रबार भनेको छ, “हालै ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ का लागि अस्पतालमा एक रात बिताएकी महारानीले कम्तीमा पनि अर्को दुई हप्तासम्म निको हुन चिकित्सा सल्लाह पालन गरिरहनुभएको छ ।”
उनले ग्लासगोमा भएको संयुक्त राष्ट्र जलवायु सम्मेलन ( कोप–२६) मा आफ्नो उपस्थितिलाई रद्द गरेकी छन् । यो कदम वातावरणीय विषयहरूमा उनको व्यक्तिगत प्रतिबद्धतालाई ध्यानमा राख्दै अझ बढी महत्वपूर्ण मानिएका समय स्वास्थ्यका कारण उनको उपस्थिति रद्द भएको छ ।
प्रतिक्रिया