ताजा अपडेट »

स्पेनिस ला लिगा: सहज जितसँगै रियल शीर्षस्थानमा

विहीबार, ०९ असोज २०७६

असोज ९,
ब्राजिलका युवा खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि जित दर्ता गरेको छ । बुधबार घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले २-० को जित दर्ता गरेको हो । खेलको दुवै हाफमा रियलले १-१ गोल गरेको थियो ।  रियलले पछिल्लो खेलबाट ८ खेलाडी परिवर्तन गरेको थियो । गोलरक्षक अल्फोन्स आरियोलाले डेब्यु गर्दै राम्रो प्रदर्शन गरेका थिए ।

असोज ९,
एजेन्सी

्राजिलका युवा खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि जित दर्ता गरेको छ । बुधबार घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले २-० को जित दर्ता गरेको हो । खेलको दुवै हाफमा रियलले १-१ गोल गरेको थियो ।  रियलले पछिल्लो खेलबाट ८ खेलाडी परिवर्तन गरेको थियो । गोलरक्षक अल्फोन्स आरियोलाले डेब्यु गर्दै राम्रो प्रदर्शन गरेका थिए ।

खेलको ३६ औं मिनेटमा रियलले अग्रता लिएको थियो । टोनी क्रुसको पासमा भिनिसियसले उत्कृष्ट फिनिस गर्दै म्याड्रिडलाई अग्रता दिलाए । पहिलो हाफमा लुका जोभिचले पाएका अवसर सदुपयोग गर्न नसक्दा रियलले अग्रता बढाउन सकेन । दोस्रो हाफमा डेब्युको अवसर‌ पाएका रोड्रिगोले अग्रता दोब्बर पारे । भिनिसियसको स्थानमा मैदान प्रवेश गरेका उनले मैदान छिरेको एक मिनेटमै गोल गरे ‌। क्यासेमिरोको लामो पासलाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका थिए । रियलका लागि अब अर्को खेल म्याड्रिड डर्बी रहेको छ ।

त्यसअघि टोलीको मनोबल उच्च रहँदा प्रशिक्षक जिदानलाई फाइदा पुग्ने देखिन्छ । अंक तालिकामा रियलको ६ खेलमा १४ अंक छ । एट्लेटिको १३ अंकसहित दोस्रो स्थानमा छ । त्यसपछि बिल्बाओ १२, ग्रानडा ११ तथा बार्सिलोना, सोसिडाड र सेभिल्ला १०-१० अंकमा छन् । -एजेन्सी