माघ १४,
बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रुपन्देहीको बुटवल उप–महानगरपालिकामा तल्लो तहसम्म कमिटिहरु निर्माण गरेको छ । वडा स्तर सम्म कमिटि निर्माण गर्ने बुटवल उपमहानगर कमिटि सम्भवत नेपालमै पहिलो कमिटि हो । प्रदेश नं ५को ४ उपमहानगरपालिका मध्ये बुटवल उपमहानगरपालिकाका १९ वडाहरु रहेका छन । ति सवै वडामा शाखा कमिटि निर्माण गरी जिम्मेवारी दिईसकिएको उप महानगर कमिटि अध्यक्ष वावुराम पन्थीले जानकारी दिनु भयो । फागुन ५ गते भित्र वडाका टोल अन्तरगत कमिटिहरु गठन गर्ने निर्णय समेत भई सकेको छ ।
त्यस्तै इ–रिक्सा शाखा कमिटीको अध्यक्षमा दिनेश जोशी र सचिव सरोजकुमार श्रेष्ठ, हाटबजार शाखा कमिटीको अध्यक्षमा डोलराज फुल्लेल र सचिव रामबहादुर के.सी. रहनुभएको छ ।
सोमवार आयोजित बैठकमा नगर मातहतका सबै शाखाका अध्यक्ष र सचिवलाई सपथग्रहण गरी प्रत्येक शाखाका अध्यक्षलाई शाखा कमिटीको लागि माइन्युट हस्तान्तरण गरिएको थियो । साथै बैठकले मातहतका शाखा कमिटीहरुले यहि माघ १८ गते शुक्रबार बिहान ११ बजे एकै पटक बैठकको आयोजना गरी सपथग्रहण गराउन निर्देशन गरेको छ । सपथग्रहणका लागि यस नगर अन्तर्गतका केन्द्रीय सदस्यहरु र प्रदेश कमिटीका सदस्यहरुलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी उपमहानगर कमिटिका सबै सदस्यहरुलाई जिम्मेवारी समेत तोकिएको छ । बैठकले शाखा कमिटीको इन्चार्जमा क्रमशः वडा नं. १ मा राजु लिगल, २ मा गौतमलाल शाक्य, ३ मा केशव पन्थी, ४ मा गफुर अली, ५ मा मणी खनाल, ६ मा दिपक अधिकारी, ७ मा टेकबहादुर बास्तोला, ८ मा यादव भण्डारी, ९ मा शिवबहादुर अधिकारी, १० मा यमनारायण भुर्तेल, ११ मा नकुल शाही, १२ मा रुपेश पौडेल, १३ मा शोभाखर पोखरेल, १४ मा जगन्नाथ काफ्ले, १५ मा रामबहादुर थापा, १६ मा टेकनारायण काफ्ले, १७ मा गंगाप्रसाद न्यौपाने, १८ मा खुमराज ढकाल, १९ मा राजु गौडेल, हाटबजार शाखामा कृष्ण पौडेल र इ–रिक्सा कमिटीमा तुल्सीप्रसाद न्यौपाने इन्चार्ज रहनुभएको छ । बुटवल विशेष १७–१९ को लागि गुरुप्रसाद पंगेनीलाई जिम्मेवारी दिएको छ ।
बैठकले उपमहानगर कमिटिको विभाग तय गरि विभागिय जिम्मेवारी समेत तोकेको छ । प्रचार विभाग प्रमुखमा रुद्रहरी कुँवर, आर्थिक विभाग प्रमुखमा शोभाखर पोखरेल, शिक्षा विभाग अनुप पोखरेल, संगठन विभाग केशव पन्थी, उद्योग वाणिज्य कृष्ण श्रेष्ठ, विज्ञान तथा प्रविधि जगदिन न्यौपाने, खानेपानी तथा सरसफाई विभाग जितबहादुर मल्ल, पर्यटन विभाग जिवलाल पन्थी, सहकारी विभाग लोकराज शर्मा, सामाजिक विभाग ज्योतिप्रसाद अर्याल, श्रम तथा रोजगार विभाग सुदन अधिकारी, उद्योग विभाग दिनेशराज रेग्मी, ब्यापार विभाग मनिमदिन मिया, मानव अधिकार तथा न्यायिक विभाग बिनोद पौडेल, पार्टी स्कुल विभाग दिलबहादुर आचार्य, स्वास्थ्य तथा जनसंख्या दुर्गा पाठक पाण्डे, कृषि देविप्रसाद रेग्मी, अनुशासन विभाग धर्मराज पौडेल, प्राकृतिक स्रोत विभाग यमुना काउचा, खेलकुद नन्दु काउचा, शहरी बिकास मेघराज भट्टराई, यातायात विभाग रामचन्द्र भुसाल, साहित्य, कला तथा संस्कृति शुस्मा खनाल, निर्माण ब्यावसायी मन्जु भुसाल, खानेपानी तथा सरसफाई जितबहादुर मल्ल, जनसास्कृतिक विभागमा झविन्द्र थापा रहनु भएको छ ।
विभिन्न जनसंगठनका इन्चार्जहरुमा युवा इन्चार्ज कृष्णबहादुर कुमाल, सह–इन्चार्ज योगेन्द्र गौतम, महिला इन्चार्ज सिता खनाल, सह–इन्चार्जमा जानकी नेपाल र मन्जु बस्नेत, विद्यार्थी सह–इन्चार्ज हेमन्त घिमिरे र माधव पाण्डे, भुपु सैनिक तथा प्रहरी संगठन माधव श्रेष्ठ, मुस्लिम इत्तेहादको जवुल मिया, भुमिहिन सुकुम्वासीको इन्चार्ज बिरमान लामा, मुक्ति समाज राजाराम बि.क., सहइन्चार्ज–रतिमान नेपाली र लोकबहादुर नेपाली रहनु भएको छ ।
महिलातर्फ बुटवल १ को इन्चार्ज तारादेवी गौतम, ३ को इन्चार्ज बसन्ती भुसाल, सह–इन्चार्ज पुनम लिगल, ५ को इन्चार्ज छलि मिया, ९ को इन्चार्ज रचना श्रेष्ठ, १३ को इन्चार्ज पुष्पा पाण्डे, सहइन्चार्ज कल्पना मगर, १२ को बिलयलक्ष्मी कुँवर, १३ को तारा रावल, १५ को लक्ष्मी शर्मा, बुटवल १७–१९ इन्चार्ज माया राना, १९ को मेनका थापा रहनुभएको छ ।
त्यस्तै बडाहरुको सह–इन्चार्जहरुमध्ये ५ को अकबर खाँ, १६ को गौतम सापकोटा, १९ को जगन्नाथ गौतम, २ को जिवलाल पन्थी, ३ को टेकलाल अर्याल, ४ को दुर्गा सिग्देल, ८ को बिष्णु के.सी., ७ को मायादेवि ढकाल, ६ को माधवप्रसाद श्रेष्ठले पाउनुभएको छ भने संगठन तथा आर्थिक बिभागको सचिवको जिम्मेवारी बाबुराम बोहोराले पाउनुभएको छ ।
उप–प्रमुखको जिम्मेवारी पाउनेमा सहकारी विभागको उप–प्रमुख कृष्ण भुसाल, प्राकृतिक स्रोत उप–प्रमुख कमला आचार्य, खानेपानी तथा सरसफाई उमा जि.सी., मानव अधिकार विभाग चित्र आले, शिक्षा विभाग दुर्गा जि.सी. पर्यटन विभाग बाबुराम खनाल, स्वस्थ्य तथा जनसंख्या विजय आचार्य, खेलकुद शंकर पाण्डे, सामाजिक विभाग माया दर्नाल, यातायात मोहन पि.एस. शहरी विकास राजकुमार लिगल, विज्ञान तथा प्रविधि सुदिप श्रेष्ठ, भिम श्रेष्ठ, श्रम तथा रोजगार लक्ष्मी बस्नेत रहनुभएको छ ।
उप–महानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश ५का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि लिला गिरीले सरकारले गरेको निर्णयलाई कर्यान्यन गराउन पार्टीपंति लाग्नु पर्ने बताउनु भयो । उहाले जनप्रतिनिधिहरुले गल्ती गरेकाउनिहरुलाई सच्चाउदै जनतासंग जोडिएर काम गर्न निर्देशन समेत दिनु भयो । उहाले प्रशिक्षण मन्तब्य राख्दै आगामी दिनमा विभिन्न कमिटीमा रहनुभएका कमरेडहरुलाई भावनात्मक एकताका साथ आ–आफ्नो क्षेत्रमा दत्तचित्त भएर काम गर्न निर्देशन दिनु भयो ।
त्यस्तै केन्द्रीय सदस्य कमरेड दधिराम न्यौपानेले पार्टीमा अनुशासित ढंगले आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिुन भयो । बुटवल उप–महानगरपालिकाका प्रमुख समेत रहनुभएका प्रदेश कमिटी सदस्य शिवराज सुवेदीेले पार्टी र स्थानीय सरकारबीच समन्वयकारी भुमिका निर्वाह गरी अगाडी बढ्न आग्रह गर्नुभयो । बैठकको सञ्चालन कमिटीका सचिव नारायण बन्जाडेले गर्नुभएको थियो ।
प्रतिक्रिया