ताजा अपडेट »

म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

शुक्रबार, १२ कार्तिक २०७८

याङ्गुन । म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन् । यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो ।यहाँ कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी यहाँको सरकारले गरेको बताइएको छ ।

यहाँका अधिकारीहरुले म्यानमारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण सस्थाहरु पनि खुल्ने भएका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन् ।-सिन्ह्वा