बुटवल । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत देशर पालिका स्तरीय अधिवेशन चलिरहेको छ । अधिवेशनमा अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको छ । १० औं महाधिवेशनका लागि वडा र पालिकामा यसपटक नयाँ अनुहार र युवाहरुको सहभागिता बढ्दो छ । यसै क्रममा गोर्खाका २४ वर्षिय युवक पालिका कमिटिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्लाको भिमसेनथापा गाउँपालिकामा नेकपा एमाले पालिका अधिवेशनमा दुई जना अध्यक्ष पदका उम्मेदवार थिए । जसमध्ये २४ वर्षिय सुजन सिंखडा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्। सोही पालिका ढावा स्थित पिता लेखनाथ सिंखडा र माता नरदेवी सिंखडाका छोरा उनी २०५४ साल चैत्र ९ गते जन्मिएका थिए ।
उनले १४ वर्षको उमेरमा नेपाल पोलिटेक्निक इन्स्टिच्यूट चितवनमा ओभरसियर पढ्ने क्रममा २०७० सालदेखि अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भई नेकपा एमालेबाट राजनीति सुरु गरेको बताउछ्न् । सानै उमेरदेखि राजनीतिमा सक्रिय उनि २०७३ सालमा अनेरास्ववियू सिटिइभिटी इकाई कमिटी अध्यक्ष भए। २०७४ सालमा उनी सोही संघठनको राष्ट्रिय कमिटी सदस्य बनेको उनले बताए ।
नेकपा एकीकरण पछि उनी २०७६ माघ ५ गते अनेरास्ववियू गोर्खा जिल्ला कमिटी सह–संयोजक भए। २०७७ पुस २५ मा उनी अनेरास्ववियू गोर्खाको संयोजक र केन्द्रिय सदस्य समेत बने । उनी गत माघ महिना देखि भिमसेन थापा गाउँ कमिटी सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
२४ वर्षिय उनी मातहतको कमिटिमा ६५ वर्षिय पाका कार्यकर्ताहरू समेत रहेका छ्न । उपाध्यक्षमा करिब ४० वर्षिय नवराज पोख्रेल ,३३ वर्षिय हरि सिंखडा सचिव , अन्दाजी ६५ वर्षिय निल प्रसाद खनाल उपसचिव र अर्का उपसचिव ५२ वर्षिया कमला भट्ट सहित ५२ सदस्यीय गाउँ कमिटी बनेको उनले बताए ।
केही वर्ष ओभरसियरको काम समेत गरेका उनले अब पूर्ण समय कार्यकर्ताका रुपमा एमालेको राजनीति गर्ने बताउँछ्न । उनी हाल चितवनकै सप्तगण्डकी बहुमुखी क्यापसमा समाज सास्त्रमा स्नातक चौथो वर्षमा अध्ययनरत छ्न। गोर्खाकै नारायण सोडारी भन्छन् ‘सम्भवत एमालेको यस अधिवेशनमा सबै भन्दा कम उमेरको पालिका कमिटि अध्यक्ष सिंखडा नै हुनुपर्छ।’
प्रतिक्रिया