ताजा अपडेट »

सर्वसाधारणले जस्तै काम गर्न चाहन्छिन् पूर्वराजकुमारी

शुक्रबार, १२ कार्तिक २०७८

न्युयोर्क । यसै साता प्रेमीसँग बैबाहिक बन्धनमा गाँसिएकी राजकुमारी माको न्युयोर्कको सिटीको सिंगल बेडरुम अर्पाटमेन्टमा बस्ने भएका छन् ।

विवाहलगत्तै राजकीय उपाधि गुमाएकी माकोको लामो समयदेखिका प्रेमी केही कोमुरोसँग विवाह भएको थियो । ३० वर्षीय कोमुरो अमेरिकामा वकालती पेसा गर्छन् ।

उनीहरु बस्ने अपार्टमेन्टको मासिक भाडा खुलाइएको छैन ।  तर, उनीहरु बस्ने भनिएको म्यानहटनमा एउटा बेडरुमसहितको अर्पाटमेन्टको मासिक भाडा ३ हजारदेखि ११ हजार डलर छ । 

राजकीय उपाधि गुमाएपछि जापानको दरबारले प्रदान गरेको १४ करोड यान लिन उनले अस्वीकार गरेकी थिइन् । उपाधि गुमेपछि दरबाट पैसा नलिने माको जापानकै रजापरिवारको इतिहासमा पहिलो महिला हुन् । सर्वसाधारणसँग विवाह गरेकी उनले सामान्य जीवन विताउन चाहेको उनी निकटका व्यक्तिहरुले बताउँदै आएका छन् । 

माकोले अमेरिकामा नै काम खोज्ने बताउँदै आएकी छन् । विवाहअगाडि उनी जापानको एउटा संस्थामा आबद्ध थिइन् । -एजेन्सी