माघ १४,
काठमाडौं । यूएईविरुद्धको तेस्रो र निर्णायक एक दिवसीय खेलमा कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् ।दुबईमा घरेलु टोलीले दिएको २५५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पारसले ५० रनभन्दा बढीको योगदान गरेका हुन् ।
५० बलको सामना गरी ५० रन जोड्ने क्रममा पारसले ९ चौका प्रहार गरे ।अहिलेसम्म नेपालले २३ ओभरको क्षतिमा ३ विकेट गुमाएर ११५ रन जोडेको छ ।ज्ञानेन्द्र मल्ल ३१, विनोद भण्डारी ९ र दीपेन्द्रसिंह ऐरी ६ रन जोडेर आउट भएका छन् ।
प्रतिक्रिया