ताजा अपडेट »

थप ५९१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विहीबार, ११ कार्तिक २०७८

बुटवल । नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५९१ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ३५५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ८४८ जनाको पिसिआर परीक्षण र २५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।  नेपालमा हाल १० हजार २३६ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ।६६४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।