ताजा अपडेट »

मन्त्री झाँक्री अस्वस्थ, वीर अस्पतालमा भर्ना

विहीबार, ११ कार्तिक २०७८

काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । 

‘मन्त्रीज्यू  अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने । बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।