काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा जेलबाट बाहिर आएपनि विवादमा भने परिरहेका छन् ।
अभिनेत्री एवं मोडल शर्लिन चोपडाले राज कुन्द्रामाथि यौन उत्पीडन र धम्की दिएको एफआइआर दर्ता गरेपछि राज कुन्द्राले चोपडाविरुद्ध ५० करोडको मानहानी केस दर्ता गरेका छन् । चोपडाले राजले तीन भिडियो सुट गरेको र सम्झौता अनुसार पैसा नदिएको समेत आरोप लगाएकी छन् ।
यसैबीच शिल्पा र राजले चोपडामाथि मानहानीको केस दर्ता गरेपछि शर्लिन चोपडाले फेरी शिल्पा र राजमाथि ७५ करोडको हर्जाना माग गरेकी छन् । चोपडाले आफुलाई अन्डरवर्ल्डबाट समेत धम्की आइरहेको बताउदै राजले यौन उत्पीडन गरेको र काम गरे अनुसार भुक्तानी नगरेको आरोप लगाएकी छन् ।
राज कुन्द्रा अश्लील फिल्म प्रकरणमा जेल बसेर केहि साता अघि मात्र जमानतमा रिहा भएका थिए ।
प्रतिक्रिया