काठमाडौँ । म्यानचेस्टर सिटी लिग कपबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा वेस्टह्यामसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि सिटी लिग कपबाट बाहिरिएको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिम गोल रहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा सिटीका फिल फोडेनले पेनाल्टी मिस गरेपछि वेस्टह्यामले ५-३ ले खेल जितेको थियो ।योसँगै वेस्टह्याम लिग कपको क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै गएराती नै सम्पन्न अन्य खेलमा ब्रेंटफोर्डले स्टोक सिटीलाई २-१ गोलले, लेस्टर सिटीले ब्राइटनलाई पेनाल्टी सुटआउटमा, टोटनह्यामले बर्नलीलाई १-० गोल अन्तरले, लिभरपुलले प्रेसटनलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेका छन्
लिग कपको क्वाटर फाइनलमा वेस्टह्यामसँगै आर्सनल, ब्रेंटफोर्ड, चेल्सी, लेस्टर सिटी, लिभरपुल, सन्डरल्याण्ड, टोटनह्याम पुगेका छन् ।
प्रतिक्रिया