ताजा अपडेट »

विमानस्थलमा ढाई अर्बको बुद्धमूर्ति अनावरण गर्न राष्ट्रपति भैरहवा आउँदै

बुधबार, १० कार्तिक २०७८

भैरहवा । राष्ट्रपति बिद्यादेवी भण्डारी भैरहवा आउने कार्यक्रम रहेको छ । यही आइतबार भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा स्थापना हुन लागेको जेड धातुको बुद्धमूर्ति अनावरण गर्न राष्ट्रपति भैरहवा आउने कार्यक्र तय भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी गराएको छ । मूर्ति अनावरणको लागी राष्ट्रपतिको आगमन सुनिश्चित भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिए । उनले आइतबार साढे १२ बजेदेखि बिमानस्थलमा मूर्ति अनावरण गरिने कार्यक्रम भएको बताए ।

यस क्षेत्रकै गौरवको बिषय रहेको हुदा मूर्ति अनावरण कार्यक्रममा सबै संघ संस्थाले अपनत्व लिन मूर्ति ल्याउने लुम्बिनी गार्डेन फाउण्डेशनले आव्हान गरेको छ । म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १ मिटर लम्बाई र ६० सेन्टिमिटर चौडाई तथा १ हजार ८ सय किलोको रहेको फाउण्डेशका महासचिव एकराज गिरीले जानकारी दिए ।

उनले लुम्बिनी मार्फत समग्र नेपाललाई नै अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान दिलाउन मूर्तिले महत्वपूर्ण भूमिका खेल्ने बताए । गिरीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको साथै समग्र नेपालको प्रचार प्रसार साथै बुद्धको शान्तीको सन्देश संसार सामु पुर्याउने उद्देश्य रहेको बताए ।

सिद्धार्थ उद्योग बाणिज्य संघ र लुम्बिनी होटल संघको संयोजन, लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले उक्त पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको थियो ।