ताजा अपडेट »

नेकपा एमाले भैरहवामा चक्र थापा विजयी

बुधबार, १० कार्तिक २०७८

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भैरहवामा सम्पन्न प्रथम अधिवेशनमा चक्र बहादुर थापा विजयी भएका छन् । बिष्णु प्रसाद पौडेल नजिक मानिएका उनले घनश्याम भुषाल निकट मानिने थानेश्वर पौडेललाई १ सय ४ मत अन्तरले पराजित गरेका हुन् । जम्मा २ सय ३६ मतदाता रहेको सिद्धार्थनगर नगरपालिकामा २ सय २३ मत खसेको थियो । जसमध्ये थापाले १ सय ६१ मत प्राप्त गर्दा पौडेलले ५७ मत मात्र प्राप्त गर्न सके ।

यस्तै उपाध्यक्षमा अर्जुन कुमार गिरी बिजयी भएका छन । उनले १ सय ८७ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी लक्ष्मी केसीले ३४ मत प्राप्त गरिन । सचिवमा उद्योग ब्यपार संगठनका निर्वतमान अध्यक्ष समेत रहेका नारायण प्रसाद भण्डारी र पूर्व कृषि मन्त्री घनश्याम भुषालका स्वकिय सचिव समेत रहेका मनोज कुमार रिजालको उम्मेदवारी परेको थियो । सचिवमा नारायण प्रसाद भण्डारीले मनोज कुमार रिजाललाई १ सय ५४ मतले पराजित गरे ।

हिजो देखी सर्वसम्मतीमा कार्यसमिति चयन गर्ने भनिए पनि सहमति हुन सकेको थिएन । बिष्णु प्रसाद पौडेल र घनश्याम भुषाललाइ समर्थन गर्ने समूहरु बिच समर्थन हुन नसके पछि ३ पदको लागी निर्वाचन भएको थियो । जसमा बिष्णु प्रसाद पौडेल समर्थकहरुको सेट नै निर्वाचित भएको छ ।

नेकपा एमाले सिद्धार्थनगर कमिटीको अन्य पदमा भने सर्वसम्मतिमै निर्विरोध गरिएको छ । समितिको उप–सचिवमा कुमार गुरुङ र माया कंडेल निर्वाचित भएका छन् । यस्तै खुल्ला सदस्यहरुमा जिवलाल भट्टराई, रमेश पोखरेल, प्रेम नारायण पाण्डे, लक्ष्मण भण्डारी, लिलामणि पाण्डे, राम प्रसाद भण्डारी, आयुष अधिकारी, शशी पन्थी, अरुण पन्थी, डण्डपानी पाण्डेय, कृष्ण मल्ल ठकुरी, बसन्त भण्डारी, दिपक न्यौपाने, महेश भुर्तेल, हेमराज टोम्टा, गोमलाल खदाल, प्रकाशमान राज भण्डारी, केशवराज ज्ञवाली रहेका छन् ।

त्यसै गरि महिला सदस्यहरुमा द्रपदा पनेरु, सरस्वती ज्ञवाली, बिष्णु भट्टराई, प्रभा पौडेल, लक्ष्मी जलान्धर, शान्तीदेवी अधिकारी, उर्मिला कार्की थापा, लक्ष्मी खनाल, बिमला आचार्य, पार्वती पौडेल, लता पोख्रेल, निशा भट्टराई र बिजय लक्ष्मी रिजाल निर्वाचित भएका छन् । यस्तै दलित महिला तर्फ कमला दलामी, महिला जनजातीमा सरिता राना, महिला मुस्लिममा शहनाज बेगम निर्वाचित भएका छन् ।

भुगोल तर्फ वडा नम्बर १ बाट अर्जुन गुरुङ, २ बाट प्रकाशमणि विश्वकर्मा, ३ बाट हरि प्रसाद ज्ञवाली र मोलहु गुप्ता, ६ बाट एक नारायण अर्याल र रविन्द्र गुप्ता, ७ बाट हरि प्रसाद अर्याल र राजन बिश्वकर्मा, ८ बाट बिष्णु प्रसाद मरासिनी, कमल भुषाल र हरि प्रसाद आचार्य, ९ बाट कमल पोख्रेल, तुलसीराम पराजुली र बसन्त भट्टराई, १० बाट भोला कोईरी, १२ बाट शालिक राम पाण्डेय र वडा नम्बर १३ बाट अर्जुन प्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन् ।

कमिटीको पेशागत सदस्यहरुमा शेखरनाथ पन्थी र माधवराज न्यौपाने, मधेशी सदस्यमा गोरख प्रसाद निषाद र झब्बालाल कहार, मुस्लिम सदस्यमा मोहम्मद अकिल मुसलमान र नसिबदार धुनिया, जनजाती सदस्यमा गुमान सिंह सारु मगर र बिनोद थापा एवम दलित सदस्यमा मोहन चाई र श्यामलाल बराईली चयन भएका छन् ।