ताजा अपडेट »

एमाले पालिका अधिवेशन : सिद्धार्थनगरमा मतदान सकियो, आजै मतगणना

बुधबार, १० कार्तिक २०७८

बुटवल । लामो छलफलपछि पनि सहमति नजुरेपछि नेकपा एमाले सिद्धार्थनगर नगरपालिकामा भएको मतदान सकिएको छ । अध्यक्षका लागि चक्र थापा र थानेश्वर पौडेल चुनाबी मैदानमा भिडेका हुन् ।

यसैगरी उपाध्यक्ष पदका लागि अर्जुन गिरी र लक्ष्मी केसी तथा सचिव पदका लागि नारायण भण्डारी र मनोज रिजाल चुनावी मैदानमा छन् । उपसचिवका २ वटा पदमा भने यसअघि नै कुमार गुरुङ र माया कंडेल सर्वसहमतिमा चयन भएका छन् । सिद्धार्थनगरमा २३४ जना मतदाता रहेका छन् ।