काठमाडौँ । चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। चाइना साउदर्न विमानको कार्गो फ्लाइटमार्फत बुधबार बिहान परिमाणको खोप काठमाडौँ आइपुगेको हो ।
सरकारले कोभ्याक्ससँगको ‘कस्ट सेयरिङ’योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो चरणमा १० लाख २० हजार डोज खोप आइपुगेको हो। हाल उक्त खोप टेकुस्थित भण्डारणमा राखिएको छ।
यसअघि सरकारले चीनबाट अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप ल्याइसकेकाे छ ।
प्रतिक्रिया