असोज ७,
ग्लोबल आवाज
नवलपरासी । गएराती पूर्वी नवलपरासमिा दुई ठूला दुर्घटना भएका छन् । ति दुर्घटनाबाट ६ जनाको ज्यान गएको छ भने १५ जना बढि घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नवलपुरमा भएका दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको हो भने १५ जनाभन्दा बढी घाईते भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । गएराती करीव १० वजे समयमा कावासोतीको जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार पाँचै जनाको ज्यान गएको हो ।
ज्यान गुमाउने देबचुली नगरपालिकाका डिलबहादुर ढेंगा,तेजु मगर र पुर्णबहादुर बिकको सनाखत भएको छ भने बाँकी दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्वरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्वरको कार कावासोती ८ स्थित खरकट्टा जंगल क्षेत्रमा एक आपसमा ठोक्किदा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।
त्यस्तै राती नै दाङबाट काठमाण्डौ जाँदै गरेको ना.७ ख.८६४२ बस अरूणखोलामा दुर्घटना हुँदा मकवानपुर हेटौडा घर भएका चालक ३५ वर्षिय लक्ष्मण तिमिल्सिनाको मृत्युु भएको छ भने घाइते १५ जना यात्रुको बिभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बस आफै अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ ।
प्रतिक्रिया