ताजा अपडेट »

यी हुन् पश्चिम नवलपरासीका एमाले पालिका अध्यक्ष

बुधबार, १० कार्तिक २०७८

परासी। पश्चिम नवलपरासीका सातै पालिकामा नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनले पाँच पालिकामा सर्वसम्मत र दुई पालिकामा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको उक्त पार्टीले जनाएको छ ।

एमाले जिल्ला अध्यक्ष तुलसी पासीका अनुसार रामग्राम नगरपालिका, पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा सर्वसम्मत रुपमा पालिका कमिटी गठन भएको हो भने सुनवल र बर्दघाट नगरपालिकामा सदस्य र्निविरोध भएपनि पदाधिकारीमा सहमति नजुटेपछि मतदान भएको थियो ।

यी हुन् पश्चिम नवलपरासीका सात पालिकाका नवनिर्वाचित एमाले पदाधिकारी

रामग्राम नगरपालिका
अध्यक्ष: हरिलाल यादाव
उपाध्यक्ष: सन्तबहादुर चौधरी
सचिव: दीपककुमार गैरे
उपसचिव: सुरज यादव र मोति कुमारी श्रेष्ठ

सुनवल नगरपालिका
अध्यक्ष: दुर्गानारायण सुवेदी
उपाध्यक्ष: सुरज अर्याल
सचिव: मुरली गौतम
उपसचिव: धनमाया गौतम र पदमबहादुर क्षेत्री

बर्दघाट नगरपालिका
अध्यक्ष: रबिन्द्र विक्रम हमाल
उपाध्यक्ष: शिवदेव न्यौपाने
सचिव: कृष्णप्रसाद गौतम
एपसचिव: गौमाया पराजुली र देवीदत्त सापकोटा

पाल्हीनन्दन गाउँपालिका
अध्यक्ष: अशोक राजभर
उपाध्यक्ष: आशिस खातुन
सचिव: अनिल मिश्रा
उपसचिव: क्यामुद्धिन अन्सारी र रम्भा हरिजन

सुस्ता गाउँपालिका
अध्यक्ष: ज्ञानप्रसाद पाठक(सन्तोप)
उपाध्यक्ष: गणेशप्रसाद उपाध्याय
सचिव: कृष्ण पन्त
उपसचिव: दिलबहादुर महत्तो

सरावल गाउँपालिका
अध्यक्ष: सुरेश यादव
उपाध्यक्ष: डि. भट्टराई
सचिव: देवराज चौधरी
उपसचिव: अनुष्का चौधरी राय र अनिल कुमार यादव

प्रतापपुर गाउँपालिका
अध्यक्ष: अनुग्र कुमार यादव(मुन्ना)
उपाध्यक्ष: राजेश हरिजन
सचिव: रबिन्द्र सिंह ठकुरी
उपसचिव: नन्दकिशोर कोईरी,प्रेमकला पाण्डे पोखरेल