ताजा अपडेट »

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ: मन्त्री गिरी

शनिबार, ०४ असोज २०७६

असोज ४,
बुटवल । प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीलिला गिरीले औद्योगिक विकासका लागि एक आपसमा बाझिएका कानून्हरुलाई सुधार गर्न आवश्यक रहेको औल्याएका छन् । सरकार कानून् निर्माणको काममा लागिरहेको बताउँदै उनले विगतमा भएका कानून्हरु एक आपसमा बाझिँदा विकास निर्माणको कामले तीब्रता पाउन नसकेको उल्लेख गरे ।

औद्योगिक विकासका लागि आफ्नो अवधारणा प्रस्तुत गर्नका लागि रुपन्देही उद्योग संघले शनिबार बुटवलमा आयोजनाएक कार्यक्रममा बोल्दै मन्त्री गिरीले प्रदेशको औद्योगिक विकासका लागि सरकार नीजि क्षेत्रसँग सधै सहकार्य गर्न तयार रहेको बताए । उद्योगि व्यवसायीहरुको समस्या समाधान गर्नका लागि आफू सधै तत्पर रहेपनि कतिपय उद्योगि व्यवसायीहरुबाट कहिलेकाँही अपजस समेत खेप्नु परेको उनको गुनासो थियो । कार्यक्रममा अवधारण प्रस्तुत गर्दै नेपाल सरकारका पूर्व सह–सचिव विष्णु प्रसाद ढकालले प्रदेश ५ मा अध्य प्रदेशहरुमा भन्दाबढी उद्योग सम्बन्धी कानूनुहरु निर्माण भएको बताउँदै रुपन्देहीमा उद्योग स्थापनाले तीब्रता पाएको जानकारी गराए । मुलुकको आर्थिक विकासका लागि नीजि क्षेत्रलाई सरकारले विश्वाषमा लिएर सँगसँगै लैजानु पर्ने बताए । प्रत्यक वर्ष फेरेने आर्थीक नीति तथा लगानी अभावमा औद्योगिक विकास हुन नसको उनको भनाई छ । सरकारले स्थाइ नीति बनाउन आवश्यक रहेकोमा जोड दिँदै उनले लगानीका लागि बैंकहरुले उद्योगीहरुलाई लगानी गर्न हिचकिचाउने बानी त्याग्नुपर्ने बताए । नीजि क्षेत्रका उद्योगीहरुलाई बैंकहरुले विश्वाष गर्न नसकिरहेको अवस्थामा सरकारले सहजीकरण गरी लगानीको वातावरण मिलाउन उनले आग्रह गरे ।

चीन तथा भारत जस्तो बालियो आर्थिक राष्ट्रको बीचमा रहेको नेपालको कम्जोर आर्थिक नीतिका कारण औद्योगिक विकास तथा उत्पादनलाई बजारी करण गर्न नसकिएको उनले बताए । उत्पादनको बजार ग्यारेन्टी नगर्दासम्म जतीसुकै लगानी सम्मेलन गरेपनि वैदेशिक लगानी भित्र्याउन गाह्रो पर्ने उनले उल्लेख गरे । नेपालको अर्थतन्त्र थेग्नै नसक्नेगरी भयावह अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै पूर्व सचिव ढकालले औद्योगिक विकास गर्न तथा त्यसैको माध्यमबाट विदेशीने युवालाई रोक्न सकिने बताए ।