ताजा अपडेट »

‘जनताले हिंसा चाहेका छैनन्, वार्ताबाट समाधान खोज्नुपर्छ’

शनिबार, ०४ असोज २०७६

असोज ४,

बुटवल । मानव अधिकार तथा शान्ती समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले जनताले अब हिंसा देख्न नचाहेको बताउँदै नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई बार्तामा आगउन आग्रह गरेका छन् । सरकारले पनि वार्तामा आउने वातावरण सिर्जनागरी दुबै पक्षको सहमतिमा छलफलको माध्यमबाट निकास निकाल्न उनले सुझाए ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा शनिबार बुटवलमा आयोजना गरेको संक्रमणकालिन तार्किक निष्कर्ष विषयक वृहत अन्तरक्रिया तथा २० औं साधारण सभका अवसरमा बोल्दै पहाडीले अहिलेको सरकारलाई झार्ने र अर्को सरकार ल्याउने पक्षमा नागरिक समाज नरहेको प्रष्ट पारे । ‘संक्रमण कालिन न्याय प्रक्रियालाई निकास दिनुस् ।’-उनले भने ‘हामी सरकारलाई झार्ने र अर्को सरकार ल्याउने पक्षमा छैनौं, संसदले आफ्नो पुरा कार्यकाल पुरा गरोस् ।’ सरकारको काम कारबाहीले जनता थप आक्रोसित भएकोतर्फ सचेत गराउँदै उनले मध्यम वर्गीय जनतामा थप निराशा छाएको बताए । निराशाको अवस्थामा अन्य तत्वले चलखेल गर्नसक्नेतर्फ सांकेत गर्दै पहाडीले सरकारलाई सजग हुन समेत आग्रह गरेका छन् ‘व्यवस्थाको आयु त्रासले होइन विश्वाषले निर्धारण गर्ने हो, विश्वाष खण्डीत हुन नदिनुस् ।’-उनले भने सरकार र प्रतिपक्ष भनेर हामीले भनेका छैनौं सबै राजनीतिक दलले मुलुकको निकास लागि बाटो खोज्न जरुरी छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका प्रमुख न्यायधिश सेसराज सिवाकोटीले संविधान तथा कानूनको व्यवहारिक कार्यान्वयनमा सबै पक्ष मिलेर लाग्नुपर्ने बताए । राज्यका निर्देशीत सिद्धान्तहरु नेपालको संविधान अनुसार मौलिक हकका रुपमा समावेश भएको बताउँदै उनले कार्यान्वयको तहमा जटिलताहरु रहेको उल्लेख गरे । राज्यका निर्देशित सिद्धान्त अनुसार रहेका मौलिक अधिकारहरुलाई पालन गर्नका लागि मुलुकमा श्रोत साधनको अभाव रहेको बताउँदै उनले कार्यान्वयको तहमा समस्या देखा पर्नसक्ने बताए । कायाकार्यक्रममा बोल्दै नेकपा संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले सत्ताको लोभमा संविधानको विरोध गर्दै हिड्ने काम भएको आरोप लगाए । जनताको अधिकारसँगै जनताले पुरा गर्नुपर्ने कार्तव्यतर्फ पनि सचेत गराउन नागरिक समाज तथा मानवअधिकार वादीहरुलाई आग्रह गरे । मुलुकको वास्तविक अवस्था नबुझिकनै जनताको आकंक्षा ह्वात्तै बढेका कारण सबै अपेक्षाहरु तत्कालै पुरा गर्न नसकिने उनले बताए ।

‘हामी मुलुकका लागि कानून् निर्माण लगायतका काम एकातर्फ गरिरहेका छौं भने अर्कोतर्फ जनअपेक्षा अनुसार विकास निर्माणका काम पनि गरिरहेका छौ ।’ उनले अघाडी भने ‘संविधानको सर्वोच्चतालाई स्वीकार गरी अगाडी बढ्नुको विकल्प छैन, सत्ताको लोभमा भ्रमको खेती बढीरहेको छ ।’ मुलुक विकासको गतीमा अगाडी बढीरहेको बताउँदै उनले सरकार विरुद्ध भ्रम पैदागर्नेहरुसँग सचेत रहन आग्रह गरे । नेपाली कांग्रेसकी नेतृ तथा प्रदेश सांसद रमा अर्यालले दुर सञ्चार प्रदायक संस्था एनसेलले तिर्नुपर्ने राजस्व विवादका कारण न्यायपलिका समेत विवादमा परेकोमा चिन्ता व्यक्त गरिन् । न्यायपालिका जस्तो शुद्ध निकाय पनि विवादमा तानिदा जनतामा राज्यप्रतिको भरोसा गुम्दै गएको उनले बताइन् ।