माघ १४,
फिलिपिन्सको एक चर्चमा विस्फोटन हुँदा २७ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको हो ।
दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा एकैसाथ दुई ओटा विस्फोटन भएको फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुख प्रमुख ओस्कार अल्बायाल्डेकाले जनाएका छन् । मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन् ।
विस्फोटनमा परी ७७ जना घाइते भएका छन् । उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुई ओटा बम विस्फोटन भएको अल्बायाल्डेले बताए ।-
एजेन्सी
प्रतिक्रिया