ताजा अपडेट »

ग्यासको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँ

शुक्रबार, ०३ असोज २०७६

काठमाण्डौ । यसअघि १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डर रहेको ग्यासको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँमा पाइने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । संविधान दिवसको अवसर पारेर निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । उपभोक्तालाई राहत दिने गरी निगमले मूल्य समायोजन गरेको हो

यसैगरी निगमले अन्तर्राष्टिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको छ ।  अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलरमा जहाजमा तेल हाल्न पाइने छ ।