लन्डन । जलवायु परिवर्तसम्बन्धी अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सम्मेलन अयोजनाले मात्र खासै उपलब्धी नहुने धारणा व्यक्त गरेकी छिन् । जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप २६ को पूर्वसन्ध्यामा उनको यस्तो धारणा आएको हो ।
‘सम्बन्धित देशले कानुन कार्यन्वयनका लागि उपर्युक्त कदम चाल्नु महत्वपूर्ण विषय हो । सम्मेलनबाट हामीले सबैकुरा अपेक्षा गर्नुहुन्न,’ उनले भनिन् । जलबायु परिवर्तन सम्मेलनमा राजनीतिज्ञहरुले विभिन्न बहाना गरेको उनको आरोप छ । उनले विश्व नेतालाई इमान्दार हुनसमेत आग्रह गरेकी छिन् । ‘तपाई जहाँ भए पनि इमान्दार हुनुहोस । ’
यही ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म स्कटल्यान्डको सहर ग्लासगोमा कोप २६ हुँदैछ । यो सन् २०१५ को एतिहासिक पेरिस सम्मेलनपछिको ठूलो सम्मेलन हो । सम्मेलनमा हरितगृह ग्यास उत्सर्जनको कटौतीबारे भइरहेका योजनाबारे २०० देशलाई उनीहरुको योजना सोधिनेछ । थनवर्ग पनि सम्मेलनमा सहभागी हुदैछिन् ।
कोप सम्मेलनमा सहभागी हुन नेपालको तर्फबाट प्रधानमन्त्री शेर बहादूर देउवा यसै साता लन्डन जाने कार्यक्रम छ ।
सन् २०५० को अन्त्यसम्ममा हरितगृह ग्यासको उत्सर्जनको कटौतीलाई सन् २०५० सम्म शुन्यमा पु¥याउने बेलायतको लक्ष्य पुरा नहुने उनले बताइन् ।
‘दुर्भाग्यवश हामीकहाँ जलवायु परिवर्तनसम्बन्धी उपर्युक्त नेता नै छैनन् । त्यसको अर्थ यो होइन की हामीले जलवायु परिवर्तनबारे उपर्युक्त नीति लागू गरेका छैनौं । ’
सन् २०१९ मा जलवायु परिवर्तनको मुद्दालाई लिएर मानिसमा चेतना जगाउन ग्रेटाले स्वीडेनको संसद बाहिर विरोध प्रदर्शन गर्न प्रत्येक शुक्रबार आफ्नो स्कुल पनि छोडेकी थिइन् । सोही समयदेखि उनी विश्वभर चर्चामा छाएकी थिइन् ।
सन् २००३ जनवरी ३ मा जन्मिएकी १८ वर्षीया स्वीस छात्रा थनवर्गलाई सन् २०१९ मा नोबल शान्ति पुरस्कारको लागि मनोनित गरिएको थियो । टाइम म्यागेजिनले उनलाई सन् २०१९ को वर्षको व्यक्ति घोषणा गरेको थियो ।
यसअघि विश्वका केही नेताले उनको आलोचनासमेत गरेका थिए । सञ्चारमाध्यमले उनलाई आवश्यकताभन्दा बढी भाउ दिएको ती नेताहरुको भनाई थियो ।
ब्राजिलका राष्ट्रपति जैन बोलसोनारोले उनलाई खराब स्वभाव भएकी किशोरी भनेका थिए भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनमा सूचनाको अभाव भएको टिप्पणी गरेका थिए ।-एजेन्सी
प्रतिक्रिया