भैरहवा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को प्रथम वडा अधिवेशन सिद्धार्थनगर नगरमा पनि सम्पन्न भएको छ । सिद्धार्थनगर नगर पालिकाका १३ वटै वडामा सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन भएको छ । सिद्धार्थनगर नगर पालिकाको वडा नम्बर १ मा रमेश थापाको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । यस्तै वडा नम्बर २ मा इन्दिरा छेत्री, ३ मा गणेश बेलबासे, ४ मा राजेश गुप्ता, ५ मा चेतबहदुर छेत्री, ६ मा रामदयाल गुप्ता रहेका छन् । यसै गरि वडा नम्बर ७मा कमलेशश्रेष्ठ, ८ मा रामचन्द्र रेग्मी, ९ मा लक्ष्मण ज्ञवाली, १० मा कपिलदेव गिरी, ११ मा इनर चाइ, १२ मा सुनिल कुवँर र वडा नम्बर १३ भीम भण्डारी सर्वसम्मतिमा निर्वाचित भएका छन ।
यससंगै रुपन्देही जिल्लाको १ सय ५५ वटा वडामै प्रथम अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशन पछि ९ गते नै पालिका स्तरिय अधिवेशन हुने र निर्धारित मितिमै केन्द्रिय महाधिवेशन पनि सम्पन्न गर्ने नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवम क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले बताए । उनले अधिवेशनले पार्टी भित्रका आन्तरिक लोकतन्त्रलाई बलियो बन्ने जिकिर गरे । यसको साथै पार्टी भित्रको आन्तरिक किचलो र समस्या समाधान गर्दै पार्टी सुदृढिकरण गर्न सहज हुने बताए । यस्तै सिद्धार्थनगर नगर पालिकाका प्रमुख समेत रहेका एमाले नेता हरि प्रसाद अधिकारीले नगरका सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको जानकारी दिए ।
प्रतिक्रिया