ताजा अपडेट »

फाइजरको बुस्टर डोज करिब ९६ प्रतिशत प्रभावकारी

शुक्रबार, ०५ कार्तिक २०७८

काठमाडौँ । अमेरिकी कम्पनि फाइजर-बायोएनटेकले बनाएको कोरोनाविरुद्धको बुस्टर डोज करिब ९६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ ।

फाइजरले १६ बर्षभन्दा माथिको उमेर समुहका १० हजार जनामा करिब ११ महिना गरेको ट्रयालमा बुस्टर डोज ९५.६ प्रतिशत प्रभावकारी रहेको पाइएको जानकारी दिएको हो ।फाइजरले बनाएको कोरोनाविरुद्धको खोपको दोस्रो डोज लिएपछि ८४ प्रतिशत प्रभावकारी हुने बताइएको थियो भने अब तेस्रो डोज अर्थात बुस्टर डोज लिएपछि ९५.६ प्रतिशत प्रभावकारी हुने भएको हो ।

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बौर्लाले ट्रायलबाट बुस्टर डोज लिएमा संक्रमणबाट बच्न सकिने पत्ता लागेको जानकारी दिएका छन् ।यस ट्रायलमा सहभागीको औसत उमेर ५३ बर्ष रहेको फाइजरले बताएको छ ।

अमेरिकाले बुस्टर डोज लगाउने अनुमति दिइसकेको छ । अमेरिकी फेडरल फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेशनले सेप्टेम्बरमा नै बुस्टर डोज लगाउन अनुमति दिएको थियो । तर  अमेरिकामा ६५ बर्षभन्दा बढीका जोखिममा रहेकाहरुलाई बुस्टर डोज दिन शुरु गरिएको छ ।

त्यस्ती युरोपमा १८ बर्षभन्दा बढी उमेर समुहलाई बुस्टर डोज दिन अनुमति दिइएको छ । त्यस्तै इजरायलमा भने १२ बर्षभन्दा बढी उमेरलाई बुस्टर डोज दिन अनुमति दिइएको छ ।