ताजा अपडेट »

कांग्रेस कार्यकर्ताले हातपात गरेको भन्दै कारबाहीको माग

मंगलबार, ३१ भदौ २०७६

भाद्र ३१,
बुटवल । रुपन्देहीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शाखा कमिटीका सदस्य भरत ज्ञवालीमाथि काँग्रेस कार्यकर्ताले हातपात गर्दै दुव्र्यवहार गरेको भन्दै नेकपा तिलोत्तमा नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका नगर सचिव लक्ष्मण खनालले एक विज्ञप्ती जारी गर्दै सोमबार साँझ तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा काँग्रेसको तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका कल्याण पौडेलसहितका व्यक्तिले बिनाकारण ज्ञवालीमाथि हातपात र दुव्र्यवहार गरेको बताएका छन् । उक्त कार्य अत्यन्तै घृणित र निन्दनीय भएको विज्ञप्तीमा उल्लेख छ । कुनै पनि विषय भए आपसी छलफलका माध्यमबाट सहमतिमा पुग्न सकिने लोकतान्त्रिक विधि हुँदा हुँदै कुटपिटमा उत्रिनु आपराधिक कार्य भएको विज्ञप्तीमा जनाइएको छ ।

साथै विज्ञप्तीमा घटनालाई गम्भीररुपमा लिइ घटनाका दोषीलाई कानूनी कारवाही गर्न स्थानीय प्रशासन र सरकारसँग माग गरिएको छ ।