भाद्र ३१,
काठमाण्डौं । विश्व फुटबलको सर्वश्रेष्ठ क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग आजदेखि सुरु हुँदैछ । युरोपका विभिन्न देशबाट शीर्ष ३२ टोलीहरु च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् । गत सिजन लिभरपुलले इंग्ल्यान्डकै टोटेनहम हट्स्परलाई फाइनलमा २-० ले पराजित गर्दै उपाधि जितेको थियो ।
यस सिजन लिभरपुलसँगै इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी, स्पेनिस महारथी रियल म्याड्रिड, फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोनालाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । रियल र पीएसजी एकै समूहमा पर्नुले पनि प्रतियोगिता समूह चरणदेखि नै प्रतिस्पर्धाताम्क रहने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया