माघ १४,
काठमाण्डौं । बहु प्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रिय सभामा पेश हुँदैछ ।राष्ट्रियभा सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । यसअघि ११ माघमा प्रतिनिधिसभाले कांग्रेस सांसदको होहल्लाकाबीच चिकित्सा शिक्षा विधेयक पास गरेको थियो ।
अनशनरत डा. गोविन्द केसीसँग सरकारले विगतमा गरेका सहमति र सम्झौताका विषयहरु विधेयकमा नसमेटिएको र आफ्ना नेताहरुका नाममा खोलिएका अस्पतालहरु सरकारले विघटन गर्न खोजेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।
विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा र साेपश्चात् राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै ऐनका रुपमा लागू हुनेछ ।विधेयक सहमतिविपरित ल्याइएको भन्दै डा गोविन्द केसी अनसनमै छन् ।
प्रतिक्रिया