लामखुट्टेबाट विभिन्न रोग उत्पन्न हुुनुका सार्थ सर्छन । लामखुट्टे मानव जातीका लागि मात्र होइन जनावरलाई पनि हानिकारक हुन्छ । फोहोर र पानी जम्नाले लामखुट्टेको जन्म र विकास हुन्छ । फोहोर स्वास्थ्यको दृष्टिकोणले पनि घातक हो । यि सबै कुरा थाहा हुँदा–हुँदैपनि फोहोर व्यवस्थापन र लामखुट्टे उत्पन्न हुनबाट सधैं सचेत रहन पर्दैन ? केही दिन अघि मात्र हो उपमहानगरले विभिन्न वडामा लामखुट्टे भगाउने अभियान सुरु गरेको । केही दिन अघि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले डेंगु नियन्त्रणमा रहेको बताए । उता सैनामैना नगरपालिकाले पनि डेंगु विरुद्ध अभियाननै चलाएको छ ।
केही दिनअघिबाट सुरु भएको डेंगुले महामारी लिएको छ । प्रदेश ५ का अधिकांश जिल्लाहरुमा यो रोगको संक्रमण बढ्दो छ । प्रादेशिक अस्पताल,बुटवलमा यस रोगका संक्रमितहरुको भिड थामी नसक्नु नै छ । यसै रोगबाट एक महिलाको मृत्यु भइसकेको छ । यस समयमा डेंगु मात्र नभई भाइरल ज्वरोका बिरामीले सम्पूर्ण स्वास्थ्य संस्थाहरु भरिभराउ छन् । अधिकांश स्वास्थ्य संस्थामा बिरामीको चापले नयाँ बिरामी भर्ना हुने अवस्था छैन भने भर्ना भएको पनि उचित उपचार र स्याहार नपाउने गरिएको देखिन्छ । अर्कोतर्फ अधिकांश सरकारी÷गैरसरकारी स्वास्थ्य संस्थाका डाक्टरहरु निजी तथा आफ्ना मेडिकल÷क्लिनिकमा बढी समय दिने हुँदापनि बिरामीहरुले उचित उपचार पाउन सकेका छैनन् ।
प्रदेश ५ मात्र नभई देशभर डेंगु र ज्वरोको महामारी बढिरहेको छ । संक्रमित भएकाहरु ऋस्पताल भर्ना वा उपचाररत छन् भने शंका लागेकाहरु चेकजाँच गर्न विभिन्न स्वास्थ्य संस्थामा जानेको भिड छ । त्यसैगरी यस्तो महामारीबाट स्वास्थ्य मानिसहरु पनि भवभित रहेका छन् । महामारी र बिरामीको संख्या बढ्दै जाँदा अन्य स्वस्थ्य व्यक्तिहरु पनि त्रसित छन् । जनस्वास्थ्यका अनुसार हाल यस रोबाट संक्रमित एकसय भन्दा बढी उपचाररत छन् । तर, यो तथ्यांकमा सबै निजी स्वास्थ्य संस्थानहरुको संख्या समावेश छैन । डेँगु लामखुट्टेद्वारा मानिसमा लाग्ने सक्रमणकालिन रोग हो । यो फरक खालको लामखुट्टेको टोकाइबाट लाग्ने सक्रमण हो । जुन दिउँसोमा बढी सक्रिय हुन्छ । अन्य लामखुट्टे फोहोरो पानीमा बस्छन् भने यो सफा पानीमा बस्ने गर्दछ ।
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । एक सक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर अर्को स्वस्थ व्यक्तिलाई टोक्यो भने मात्र सर्छ । तसर्थ डेँगुको मुख्य कारण र कारक लामखुट्टे नै हो । यस रोगको सक्रमण गर्दा अचानक चर्को ज्वरो आउनु , टाउको दुख्नु, मांशपेशी तथा हड्डी दुख्नु,वान्ता आउने ,नाकरमुखबाट रगत आउने , दिसामा रगत देखिने, शरीरमा बिबिरा आउनु,कमजोर हुुँदै जानु लगाएतका लक्षणहरु देखिन्छन् । रुघाखोकी, ज्वरो संग हात खुट्टा र ढाड दुख्ने तथा एलर्जी समेत आयो भने डेँगुको संम्भावना हुन सक्छ । यो अचानक र अहिलेको मात्र समस्या होइन ।
सर–सफाई सधैं आवश्यक हो । यस विषयलाई गमिभर रुपमा लिएर स्थानीय तहले लामखुट्टेको वास स्थान झाडी,नाली,फोहोर डम्पिङ साइड जस्ता क्षेत्रमा सरसफाइसँगै स्वच्छ वातावरण निर्माण गर्ने र स्थानीयवासीलाई पनि आफ्नो घर सेरोफेरो सफा,स्वच्छ राख्न सचेतना फैलाउन निरन्तर प्रयास गर्नु पर्दछ । त्यस्तै रोगले महामारीको रुप लिएपछि सबै तहका सरकारले सक्रिय र प्रभावकारी तवरले निराकरणमा लागेमा यो नियन्त्रण गर्न गार्हो छैन । डेंगुको महामारी फैलिरहँदा सरोकारवालाहरुप्रति सवाल गएको छ । अर्थात् डेंगु लामखुट्टेबाट लाग्ने र सर्ने रोग हो । यो साउन÷भदौंमा लाग्ने र फैलने गर्दछ भन्ने जनाकार हुँदाहुँदै पनि यस विषयमा गम्भिर किन भएनन् ? यस अघि कालाजार,मलेरिया लगाएतका रागहरु विरुद्ध अभियान नै चालेका सरोकारवाला डेंगुबारे भने सक्रिय र संवेदनशिल नभएको देखिन्छ ।
लामखुट्टे डेंगुको मात्र कारक होइन । यसबाट धेरै रोगहरु लाग्ने र सर्ने हुन्छन् । यसको नियन्त्रणको लागि घर÷सेरोफेरो , सार्वजनिक स्थान सबैतर्फ सफा सुग्घर राख्नु पर्दछ । यसतर्फ स्थानीयबासी , स्थानीय सरकार लगाएत सरोकारवाला सबै सचेत,सक्रिय र जिम्मेवार बन्न पर्दछ । विशेषगरी स्थानीय सरकारले भूमिका खेल्ने आवश्यक छ । सधैंभरी सचेतना र स्वच्छ वातावरण भएपछि रोग लाग्ने र महामारी हुने सम्भावना कम हुन्छ । अघिपछि केही नगर्ने तर, रोग लागेपछि गरेजस्तो गर्न भन्दापनि रोग लाग्ने कारक तत्वको निराकरण गर्नतर्फ सचेत बनौं । साथै रोग लागेपछि संक्रमण फैलिसकेपछि जतिसक्दो चाँडो विभिन्न पद्धति र कदम चाली नियन्त्रणमा लाग्नुपर्ने स्थानीय,प्रदेश र केन्द्रिय सरकारको दायित्व र जिम्मेवारी हो । जनहित र जनताप्रति सरोकारवाला र जनप्रतिनिधिले अभिभावकको भूमिका निर्वाह गर्ने समयमा कूरा मात्र गरेर भन्दा पनि व्यवहारमै फैलँदो महामारीलाई रोक्न आवश्यक छ ।
प्रतिक्रिया