ताजा अपडेट »

भैरहवामा यसरी मनाइयो मोहम्मद जयन्ती (फोटोफिचर)

मंगलबार, ०२ कार्तिक २०७८

भैरहवा । इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको १४ सय ९६ औं जन्मदिन भैरहवामा भब्य रुपमा मनाईएको छ । २ बर्ष कोरोनाको कारण सोचे अनुरुप नभएको मोहम्मद जयन्ती यस पटक कोरोना केही मत्थर भए पछि भैरहवावासी खुलेर मोहम्मद जयन्ती मनाएका हुन् ।

१४ सय ९६ औं मोहम्मद जयन्तीका अवसरमा भैरहवाको सडक झण्डाले पुरै रंङ्गिएको छ । पैगम्बर मोहम्मदको जन्मदिन भब्य ¥याली सहित विभिन्न कार्यक्रम गरी मनाईएको हो । इस्लाम धर्मका अन्तिम सन्दशेकर्ता समेत मानिने मोहम्मद जयन्ती आज मुस्लिम धर्मावलम्बीले बिशेष रुपमा मनाउने गर्छन् । जन्मदिनको अवसरमा भैरहवामा भब्य र्याली निकालिएको छ ।

यस क्षेत्रमा रहेका विभिन्न मस्जिद, मदरसा, मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा मिलनचोक बुद्धचोकबाट ¥याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । सिद्धार्थनगर नगरपालिका भित्रको दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, भैरहवा बजार लगायत चैनपुर, बसन्तपुर, बेनिपुरका मुस्लिम समुदायको सहभागिता रहेको छ ।

स्थानीय अब्दुल जब्बारका अनुसार मोहम्मदले मेलमिलापको सन्देश फैलाएको बताए । सबै मिलेर एक हुनु पर्ने, धर्मको नाममा भेदभाव गर्न नहुने, सबै धर्म समान भएको उनले सन्देश दिएको जब्बारले बताए ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हुँदा यस दिन विश्वभरीका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाउने गर्दछन् । जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।