ताजा अपडेट »

बाल दिवसका अवसरमा उत्प्रेरणा तालिम

सोमबार, ३० भदौ २०७६

भाद्र ३०,
बुटवल । राष्ट्रिय बाल दिवसका शन्दर्भमा रोटरी क्लब अफ भैरहवाद्वारा आइतबार रुपन्देहीको सिद्धार्थ नगरपालिका-७, स्थित बाल सुधार गृहमा उत्प्रेरणा तालिम सम्पन्न गरिएको छ ।

रोटरी क्लब अफ भैरहवाका अध्यक्ष मनिष भट्टराईको अध्यक्षता र बाल सुधार गृहका बाल संरक्षण अधिकृत सुभद्रा गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, प्रशिक्षक हरिप्रसाद आचार्य र मुक्तिनाथ गैरेले जीवनलाई सबल बनाउन सकरात्मक सोच लिएर रुपान्तरण तिर लाग्नुपर्ने कुरामा जोड दिए । बिगतमा भएका गल्तीबाट पाठ सिक्नुपर्ने र समाज परिबर्तन गर्न एक अब्बल नागरिक बन्न जरुरि भएको बताइएको थियो । कार्यक्रममा सुधार गृहका अधिकृत तौतमले धेरैपछि बालबालीकामा मुस्कान देख्न पाएको भन्दै खुशी व्यक्त गरिन् ।

क्लब अध्यक्ष मनिष भट्टराईले कार्यक्रममा सहभागि सम्पूर्णलाई धन्यवाद दिँदै प्रशिक्षकले भनेका न्यूनतम कुरालाई अनुसरण गर्न सकियो भने पनि सुधार गृह पश्चात पनि समाजमा शिर ठाडो पारि हिड्न सकिने कुरा बारे प्रकाश पारे । कार्यक्रम संयोजक रबिन शर्मा पौडेलको स्वागत र क्लबका सचिब उमेश चन्द्र आचार्यको सञ्चालमा भएको कार्यक्रममा सुधार केन्द्रका ८३ जना प्रशिक्षणमा सहभागि भएका थिए ।