काठमाडौँ । इङल्याण्डको राष्ट्रिय फुटबल टिमलाई युनियन अफ युरोपियन फुटबल एसोसियसन (युइएफए) ले कारवाही गरेको छ ।गएको युरोकप फाइनलमा इङल्याण्डका समर्थकले गरेको व्यबहारप्रति कारवाही गर्दै इङल्याण्डले आफ्नो घरेलु मैदान विम्ब्लीमा खेल्ने दुई खेल बिना फ्यान खेल्ने सजाय सुनाएको छ ।
गएको युरोकप फाइनलमा टिकट नलिएका इङल्याण्डका फुटबल फ्यानबीच झडप भएको विषयमा युइएफएले छानबिन पछि यस्तो सजाय सुनाएको बताएको छ ।त्यस्तै युइएफएले इङल्याण्डलाई एक लाख युरो जरिवाना समेत गरेको छ ।
युरोकप फाइनलमा भएको घटनामा १९ प्रहरी घाइते भएका थिए भने ४९ जनालाई हिरासतमा लिइएको थियो ।युरोकपको फाइनल खेलमा इटालीले इङल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो ।
प्रतिक्रिया