ताजा अपडेट »

टी-ट्वान्टी विश्वकप आजबाट, दुई खेल हुँदै

आइतबार, ३१ असोज २०७८

काठमाडौँ ।  यूएई र ओमानमा हुने आईसीसी  टि–२० विश्वकप आजबाट सुरु भएको छ । 

आइतबार ओमानको अल अमारतमा पहिलो चरण अन्तर्गतका दुई खेल हुँदैछन् । उद्धघाटन खेलमा आयोजक ओमान र पपुवा न्युगिनी भिड्दैछन् भने दोस्रो खेलमा बंगलादेशले स्कटल्यान्डसँग खेल्नेछ । 

ओमान र पिएनजीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । यस्तै बंगलादेश र स्कटल्यान्डबीचको दोस्रो खेल पौने ८ बजे सुरु हुनेछ । 

पहिलो चरणको समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् ।

सुपर १२ को ग्रुप ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुने छ ।