ताजा अपडेट »

बर्नलीमाथि म्यानचेस्टर सिटीको सहज जित

आइतबार, ३१ असोज २०७८

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भा र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए ।यो जितपछि म्यानचेस्टर सिटी ८ खेलमा १७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।त्यसैगरी बर्नलीको ८ खेलमा केवल ३ अंक रहेको छ ।