ताजा अपडेट »

साफ च्याम्पियनसीप उपाधिका लागि नेपाल र भारत भिड्दै

शनिबार, ३० असोज २०७८

बुटवल । माल्दिभ्समा जारी साफ च्याम्पियनसीपको १३औं संस्करणको उपाधिका लागि शनिबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । 

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाली समयअनुसार राति पौन ९ बजे हुने फाइनलमा खेलमा नेपाल इतिहास रच्ने दाउमा हुनेछ । 

नेपाल पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो । तर,  भारतले सात पटक उपाधि जितिसकेको छ । गत बुधबार बंगलादेशसँग बराबरी खेलेर नेपालले फाइनलको यात्रा तय गरेको हो । नेपालले पहिलो दुई खेल जिते पनि भारतसँग भने पराजय व्यहोरेको थियो ।