भाद्र २९,
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा गोली चल्दा एक जनाको ज्यान गएको छ । आइतबार (आज) दिउँसो अज्ञात व्यक्तिले चलाएको गोली लागेर ओमसटिया–४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया