ताजा अपडेट »

आइपिएल उपाधिका लागि चेन्नई र कोलकता भिड्दै

शुक्रबार, २९ असोज २०७८

एजेन्सी। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल आज नेपाली समय अनुसार बेलुका ७:४५ मा दुबईमा सुरु हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा हुनेछ । उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो ।

इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा रहेको छ । कोलकाताले पनि दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो ।

चेन्नई र कोलकाताबीचको पछिल्लो खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा एक मात्र जित कोलकाताले निकालेको छ ।

यसै वर्षको पछिल्लो दुई भेटमा चेन्नईले बाजी मारेको थियो ।  लिग चरण अन्तर्गत अप्रिलमा भएको खेलमा चेन्नईले १८ रनको जित निकालेको थियो । यस्तै सेप्टेम्बर २६ मा भएको खेलमा चेन्नईले २ विकेटको जित निकालेको थियो ।