ताजा अपडेट »

बजारमा देखिएको नयाँ चकलेट देखि साबधान !

आइतबार, २९ भदौ २०७६

भाद्र २९,
बुटवल । अहिले बजारमा नयाँ चकलेट देखा परेको छ । सिरिन्ज भित्र जेल राखेको चकलेट । यसको मूल्य ५ रुपैंया छ । के ५ रुपैंयामा नयाँ सिरिन्ज पाउँछ होला त ? बच्चाहरुले यस्तो चकलेट खाएको कति को राम्रो हो ? यो सिरिन्ज कहाँबाट आएको ?

यसको प्रयोग कतिको सुरक्षित छ ? पसलेहरुले यस्तो चकलेट बेच्नु बच्चाहरुको लागि कतिको हितकारी छ ? अभिभावकहरुले यस्तो चकलेट किनेर बच्चाहरुलाई खुवाउनु कतिको राम्रो हो ? यो सिरिन्ज मेडिकल प्रयोजनका निमित्त बनाएको र यसको निर्माणकर्ता ले चक्लेटको ब्यापार गर्नको लागि चक्लेट कम्पनीलाई दिन मिल्दैन र दिदैन पनि। । तर चक्लेट कम्पनीले यस्ता सिरिन्ज कहाँबाट ल्याए त ? पक्कै पनि प्रयोग भईसकेको सिरिन्जलाई पखालेर मात्र त्यस भित्र चक्लेट भरेर नेपाल पठाउने गरेका छन्। विद्यालयमा बच्चाहरुले यस्तो चकलेट खान नपाउने नियम बनाऔं, साथै नजिकैको पसलमा यस्तो चकलेट नराख्न अनुरोध पनि गरौं । नत्र यस्ता चक्लेटको कारण बच्चाहरुमा दिर्घकालिन स्वास्थ्य समस्या देखापर्न सक्छ । बेलैमा होसियार होऔं। यो चकलेटको आयात भारतको नयाँ दिल्लीबाट भएको रहेछ । नेपाली बजारमा अब मौलाउन थालेको छ । हेर्दा नौलो देखेपछि बच्चाले खोज्ने हामी सबैलाई थाहा छ । यही कारण चकलेट कम्पनीले यीतो सिरिन्जमा राखेर चकलेट ल्याएको हो । यो सबैले बुझ्न जरुरी छ ।

यो सिरिन्जमात्रपनि ५ रुपैयाँमा पाईन्न । तर यसमा चकलेट भरेर समेत पठाएको छ । यतिमात्र हैन । यस्तो सिरिन्ज चकलेट बनाउँने कम्पनीले बनाउँनै सक्दैन । यसैले यो निश्चित नै पुन प्रयोग गरिएका सिरिन्ज हुन् । विज्ञहरुको ठम्याईपनि यही छ । - जनबोली