ताजा अपडेट »

मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु ,एक घाइते

विहीबार, २८ असोज २०७८

गुल्मी । गुल्मीमा गएराती मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ का २८ वर्षका मोटरसाइकल चालक सुरज हिताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए ।

लु २६ प ६८३३ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका वडानम्बर–७ वामीटक्सार बजारमा दुर्घटनामा घाइते हिताङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार २३ वर्षीय रबिन शाहीठकुरी सामान्य घाइते भएको प्रहरी निरिक्षक उपाध्यायले बताए ।