परासी । दशैंको मुखमा पश्चिम नवलपरासी प्रहरीले १७ लाख बढीको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परासी रामग्राम–१ सुहुवाटिकर स्थित भित्री सडक खण्डबाट १७ लाख १२ हजार ४० रुपैयाँ बराबरको सामान पक्राउ गरेको हो ।
विभिन्न समयमा भन्सार छली गरि ल्याएर स्टोर गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बाटो किनारमै त्रिपालले छोपेर राखेको सामान प्रहरीको गस्ती टोलीले देखेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए।
प्रतिक्रिया