भाद्र २९,
बुटवल । कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका कोपवामा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कपिलवस्तु जितपुरबाट कोपवातर्फ गएको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझी रहेका छन् । दुर्घटनामा वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परिवार गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि बुटवल ल्याएको र बाँकी तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया