ताजा अपडेट »

औषधी व्यवसायी संघ ,रुपन्देहीमा नयाँ नेतृत्व

आइतबार, २९ भदौ २०७६


भदौ २८,
ग्लोबल आवाज
बुटवल । नेपाल औषधी व्यवसायी संघ ,रुपन्देहीमा नयाँ नेतृत्व निर्वाचित भएको छ । संघको शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट युवा व्यवसायी सुरज भट्टराइको नेतृत्वमा ९ सदस्यीय समिति निर्वाचित भएको हो । उनले कुल खसेको मत ४ सय ६३ मध्ये ३ सय २९ मत प्राप्त गरी आफ्ना प्रतिद्धन्दी जवाहरलाल न्यौपानेलाई २ सय १ मतले पराजित गरेका हुन् ।

उपाध्यक्षमा खड्क बस्नेत,महासचिवमा पुरुषोत्तमा भट्टराई,सचिवमा नारायण थापा,कोषाध्यक्षमा कृष्ण प्रसाद भट्टराई , उपकोषाध्क्षमा माधव खनाल र सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल,गणेश सेडाई र गोपाल अधिकारी रहेका छन् । नेपाल औषधी व्यवसायी संघ रुपन्देहीमा जम्मा ५ सय २० जना औषधी व्यवसायी आवद्ध रहेका छन् ।