ताजा अपडेट »

बुटवलमा खुल्यो ५० लाख लगानीमा समृद्धि युनिसेक्स सलुन

मंगलबार, २६ असोज २०७८

बुटवल । बुटवल क्षेत्रमा ५० लाख लगानीमा समृद्धि युनिसेक्स सलुन सञ्चालमा आएको छ । केन्द्रको एउटा ब्राण्ड ल्याएर सलुन व्यवसाय सुरु गरेका मोहन ठाकुरले आफ्नै नयाँ प्रान्त समृद्धिलाई विदेश भर सञ्चालन गर्ने योजनासहित सञ्चालनमा ल्याएका हुन्। बुटवल अमरपथ सिंह कम्प्लेक्समा रहेको यो सलुन असोज २१ गतेबाट सञ्चालनमा आएको हो ।

कोरोनाको महामारी भए पनि पूर्ण सुरक्षा सतर्कता अपनाउँदै सलुन सञ्चालन गर्दै आएको सञ्चालक ठाकुरले बताए। सामान्य पूजाआजा गरी मात्रै सञ्चालनमा ल्याइएको सलुनमा अहिले आठ जनालाई एकैपटकमा सेवा दिन सकिने गरी सञ्चालनमा ल्याइएको छ। सलुन क्षेत्रमा ५० लाख लगानी गर्नु सामान्य कुरा होइन, तर ठाकुरले भने यस क्षेत्रमा भविष्य देखेको बताउँदै लगानी गरेको र समृद्धि युनिसेक्स सेलुन सञ्चालनमा ल्याएको बताउँछन्।

अहिले देशको संरचना बिकेन्द्रित रुपमा रहेको र जुनसुकै स्थानलाई पनि केन्द्रमा राखेर काम गर्न सकिने बताउँदै उनले बुटवलबाट सुरु गरिएको समृद्धिलाई देशभरका विभिन्न स्थानमा शाखा सहित ब्रान्ड बनाएर सञ्चालन गरिने उनको विश्वास छ। " केन्द्र तथा काठमाडौंकै सबै कुरालाई राम्रो मान्ने परम्पराले गर्दा यस क्षेत्रमा हामीले कुरिरहेको दुःख र परिश्रमको कुनै मूल्य परेन त्यसैले मैले नयाँ ब्राण्डको रुपमा समृद्धिलाई अगाडि ल्याएको छु यसका शाखाहरु काठमाडौं लगायतका विभिन्न क्षेत्रमा हुनेछन्।"-उनी भन्छन्-" यस क्षेत्रमा अझै पनि व्यवसायिक व्यक्तिहरूको सङ्ख्या कम रहेको छ, यस क्षेत्रबाट राम्रो आम्दानी हुन्छ भनेर लगानी गर्नु र यसको विषयमा सम्पूर्ण जानकारी भएर लगानी गर्नु फरक छ। "

समृद्धिको अहिले तिलोत्तमा तथा बर्दघाट साखा खोलिसकेको छ । काठमाडौँ पनि शाखा सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएको र बैशाख सम्ममा सञ्चालनमा आउने उनले जानकारी दिए। महिला तथा पुरुषका सम्पूर्ण कपाल तथा स्किन सम्बन्धि काम गरिने सञ्चालक ठाकुर बताउँछन्। समृद्धिमा पालो कुर्दै गर्दा फिस स्पाको मज्जा लिन पनि सकिनेछ । यो बुटवलमै पहिलो पटक हो।